रसुवागढी नाकाबाट बुधबारदेखि आयात बढ्यो, अब दैनिक १४ गाडी सामान भित्रिने

रसुवागढी नाकाबाट बुधबारदेखि आयात बढ्यो, अब दैनिक १४ गाडी सामान भित्रिने

केन्द्रबिन्दु
0
Shares

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट बुधबारदेखि सामानको आयात बढेको छ। गएको बिहीबार दुई देशका सीमा अधिकारीबीच सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको थियो। 

छलफलमा चिनियाँ पक्षले चीनबाट नेपाल तर्फ हुने सामानको आयात बढाउने सहमति जनाएको थियो। नेपाल सामान बढाउने सहमति अनुसार बुधबार १४ चिनियाँ गाडीमा नेपाल सामान भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले बताए । 

यसअघि चिनियाँ पक्षले दैनिक बिहान ७ र बेलुका २ गरि  चिनियाँ ९ वटा गाडीमा नेपाल सामान आयात गरिरहेको थियो । बुधबारदेखि ५ चिनियाँ गाडी सामान थपेको हो। अब बिहान र बेलुका दुई सिफ्टमा सात सात गरि १४ वटा चिनिया गाडीमा नेपाल सामान आयात हुने मैनालीले बताए । दैनिक १४ गाडी मार्फत नेपाल सामान आयातलाई निरन्तरता दिने चिनियाँ पक्षले बताएको उनले बताए। 

चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन्। चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन्। 

चीनले कोरोनाको कारण देखाउँदै सहजरूपमा नाका सञ्चालन गरेको छैन। चीनबाट रसुवागढी नाका हुँदै नेपाल सामान सहजरूपमा आयात गर्न नसक्दा व्यापारीहरू समस्यामा परेका छन्।

Logo