बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सयले बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य आज ९६ हजार ९ सय कायम भएको छ ।

गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।

बुधबार भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भएको थियो । विहिबार सुन ९६ हजार ८ सयमा कारोबार भयो भने शुक्रबार ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार ४ सय कायम गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३२० कायम रहेको महासंघले जनाएको छ । यो आइतबारको भन्दा १० रुपैयाँले बढी हो ।

Logo