अर्थतन्त्रमा योगदान गर्ने विदेशमा भएका नेपालीलाई मतदान अधिकार चाहिन्छ : राप्रपा प्रवक्ता

अर्थतन्त्रमा योगदान गर्ने विदेशमा भएका नेपालीलाई मतदान अधिकार चाहिन्छ : राप्रपा प्रवक्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नु पर्ने जनाएको छ। 

विदेशमा श्रम, सीप र ज्ञानको उपयोगमार्फत आर्जन गरि पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको र योगदानकर्ता उनीहरूको मताधिकार सुनिश्चित गर्नुपर्ने तर्क राप्रपाले अघि सारेको छ।

पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीहरूको भूमिका देशको शासन व्यवस्थामा मताधिकारबाट हुनु पर्ने बताए।

‘विदेशमै रहेर पनि मतदान गर्ने अधिकार उन्नत प्रजातान्त्रिक मुलुकहरूमा छ, देशको शासन व्यवस्था सञ्चालनमा भूमिका छ र नेपालमा पनि हुनुपर्छ’, लावतीले भने। वर्तमान निर्वाचन प्रणालीअनुसार विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार छैन।

Logo