चार्ल्स शोभराजको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासमा

चार्ल्स शोभराजको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासमा

केन्द्रबिन्दु
0
Shares

बिकिनी किलर ´भनेर चिनिएका अपराधी चार्ल्स शाेभराज गुरूमुखकाे बन्दीप्रत्यक्षीकरण मुद्दाकाे आज सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाकाे संयुक्त इजलासमा सुनुवाइका लागि मुद्दाको पेसी ताेकिएकाे छ। 

गत ७ पुसमा उमेरका कारण कैद मुक्त हुनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा अधिवक्ता शकुन्तला थापामार्फत रिट दायर गरेका थिए। 

हाल शाेभराज ७७ वर्षका भए। असल चालचलन भएका ७० वर्षमाथिका कैदीलाई ७५ प्रतिशत कैद छुट दिने कानुनी सुविधा छ। साेहीअन्तर्गत उनले कैद छुटकाे माग गर्दै रिट दिएका हुन्।

सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिककाे काठमाडौं र भक्तपुरमा दुई दिनकाे अन्तरमा भएकाे हत्या घटनामा उनी दाेषी ठहरिएका छन्। उनी सन् २००३ देखि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा छन्।

Logo