सेनाद्धारा ४ हजार पदका लागि दरखास्त खुला

सेनाद्धारा ४ हजार पदका लागि दरखास्त खुला

केन्द्रबिन्दु
0
Shares

जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर स्थायी पदपूर्तिका लागि सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासी÷जनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार महिलामा ३५८, आदिवासी÷जनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ ।

त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि छुट्याइएको छ । कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका) उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिन सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने व्यवस्था कायम गरिएको छ ।

सैन्य पदका लागि पुरुषको हकमा उचाइ न्यूनतम ५ फिट ३ इन्च, छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च र त्यस्तै, तौल कम्तीमा ५० केजी हुनुपर्नेछ । महिलाको हकमा उचाइ ५ फिट, तौल न्यूनतम ४० केजी हुनुपर्ने छ । 

Logo