पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक भारतीय ठमेलबाट पक्राउ

पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक भारतीय ठमेलबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन्। उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट उक्त सुनको सिक्रीसहित फेला पारी पक्राउ गरेको हो। 

उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ।

Logo