स्थानीय वायुको प्रभाव, आज केही प्रदेशमा वर्षाकाे सम्भावना

स्थानीय वायुको प्रभाव, आज केही प्रदेशमा वर्षाकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ। बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएकाे छ।

Logo