एसिड पीडितको उपचार सरकारले गर्छ–प्रधानमन्त्री ओली

एसिड पीडितको उपचार सरकारले गर्छ–प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरूको उपचार सरकारले गर्ने बताएका छन् । बिहीबार देशभरि एसिड आक्रमणमा परेकामध्ये १२ जना पीडितहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताएका हुन् । छलफलमा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले व्यहोर्ने घोषणा समेत गरेका छन् ।

त्यस्तै एसिड पीडितहरुले माग गरेअनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने उनको भनाइ छ । यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

Logo