कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक समुदायसंग माफी मागे

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक समुदायसंग माफी मागे

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक समुदायसंग माफी मागेका छन् । उनले मंगलबार कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गर्ने कार्यकर्तालाई गाली गर्दै यौनिक तथा लैङ्गिक समुदायलाई ठेस पुग्ने खालका शब्दहरु बोलेका थिए ।

उनले आज यौनिक तथा लैङ्गिक समुदायको संस्था फ्रेन्डस हेटौंडाको कार्यालयमा पुगेर माफी मागेका हुन् । सभापति लामाले माफी माग्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सधैं सम्मान गर्ने बताए । 

उनले स्थानीय तह निर्वाचनको घोषणापत्रमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेट्न अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Logo