धनुषामा भएकाे मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

धनुषामा भएकाे मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धनुषामा भएकाे सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का १९ वर्षीय सुमित टिण्डेवाल र पहिचान नखुलेका अन्य दुई जना छन्। 

प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार सोमबार राति क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोल सडक छेउमा रोकिएको ना२ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु८३प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो। 

गम्भीर घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। 

Logo