ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
३२ हजार ८९९ मतगणना हुँदा कांग्रेसका चिरीबाबुले ७ हजार ५२२ मतको अग्रता लिएका छन् । चिरीबाबुले १७ हजार २१० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले ९ हजार ६८८ मत पाएका छन् ।
उपमेयरमा भने एमालेकी मञ्जली शाक्यले ९ हजार ४८९ मतका साथ अग्रता लिएकी छिन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले ६ हजार ९०३ मत पाका छन् । कांग्रेसको उम्मेदवार नै नभएको उपमेयरमा ४ हजार ७८७ मत परेको छ ।





























प्रतिक्रिया