सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक ८.०३ अंकले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अंकमा पुगेर बन्द भएको छ।
नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि खुम्चिएको छ। नेप्सेमा बिहीबार २३ लाख २४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच भई ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बुधबार एक अर्ब चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार र नेप्से परिसूचकमा १४.३२ अंकले सुधार आएको थियो ।
नेप्से परिसूचक वृद्धि भए पनि कारोबार रकम भने निरन्तर खुम्चिँदै गएको छ। बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर ४३६.४७ अंकमा पुगेको छ। नेप्सेमा २२२ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १५० कम्पनीका लगानीकर्ताले नाफा कमाए। यस्तै ८६ कम्पनीका लगानीकर्ता आज गुमाएका छन्। १५ कम्पनीको सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ।
नेप्सेमा बिहीबार एक मात्र मेगा बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। मेघा बैंकको सेयर मूल्यमा २२ रुपैयाँ ५० पैसा बढेर दुई सय ४७ रुपैयाँ ५० पैसा पुगेर बन्द भयाे।





























प्रतिक्रिया