मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मोरङको रतुवामाई नगरपालिका-१ मा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडी सवार व्यक्ती घाइते भएका छन् । दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक मोरङकै सुनवर्सी नगरपालिका-९ का २४ वर्षीय राज कुमार शर्माको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

घाइते सोही मोटरसाइकलमा पछाडी सवार भारतीय नागरीक २२ वर्षीय किसन कुमजार कामतको रंगेली अस्पतालमा उपचार भइरहेको छ । मे ४ प ४५५१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

Logo