मन्त्री सिफारिस भएका मेटमणी चौधरी भन्छन्, ‘भोलिसम्म मन्त्री पदको शपथ हुन्छ’

मन्त्री सिफारिस भएका मेटमणी चौधरी भन्छन्, ‘भोलिसम्म मन्त्री पदको शपथ हुन्छ’

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबार (भोलि) सम्ममा मन्त्री पदको शपथ ग्रहण हुने दाबी गरेका छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकका लागि नयाँबानेश्वरस्थित संसद् भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्‍त प्रतिक्रिया दिँदै मन्त्रीको शपथ ग्रहण बिहीबारसम्ममा हुने बताएका हुन्। उनले बुधबार (आज) नै शपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताए।

जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्न केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाको शपथ ग्रहण रोकिएको समेत नेता चौधरीले बताए।

मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णयलाई अपरिपक्व भन्न नमिल्ने बताउँदै सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए।

Logo