एप्पलले एप्पल कारप्लेको नेक्स्ट जेनेरेसन प्रस्तुत गर्ने घोषणा गरेको छ ।
एप्पलले आफ्नो एनुअल डेभलपर कन्फ्रेन्समा यस्तो घोषणा गरेको हो । उसको घोषणा अनुसार यसलाई कारको मुख्य ड्राइभिङ सिस्टममा एकीकृत गरिने छ । कम्पनीको नयाँ कार ड्यासबोर्ड सफ्टवेयरले सवारी साधनको सबै ड्राइभर स्क्रिनमा स्पिड, फ्युल लेभल, माइलेज आदि जानकारी प्रदान गर्नेछ ।
कारको ड्यासबोर्डका लागि आउने एप्पलको सफ्टवेयरले पछिल्लो भर्सनको तुलनामा कोर ड्राइभिङ सिस्टम र सवारी साधनको हार्डवेयरलाई अझै गहिराईसँग जोड्ने छ । सफ्टवेयरको अघिल्लो संस्करणहरू प्रायः गाडीको इन्फोटेनमेन्ट प्रदर्शनमा सीमित थिए। तिनीहरूले संगीत बजाउने र नक्सा नेभिगेट गर्ने जस्ता कामहरू गर्थे, तर आगामी नयाँ सफ्टवेयरले ड्राइभरहरूलाई कारप्ले एपबाट बाहिर ननिस्केरै सिट र क्याबिनको तापक्रम समायोजन गर्न अनुमति दिनेछ।
एक सुसंगत र एकीकृत प्रयोगकर्ता इन्टरफेसको साथ, आगामी एप्पल कारप्ले आईफोन र कार दुवैको लागि लाभदायक हुने कम्पनीको दावी छ। यसले कारको स्क्रिनमा आईफोनद्वारा संचालित विजेटहरू देखाउनेछ। नेक्स्ट-जेन कारप्ले इन्फोटेनमेन्ट स्क्रिनमा मात्र सीमित नभई यसले गाडीको सम्पूर्ण इन्स्ट्रुमेन्ट क्लस्टरलाई पनि पावर दिनेछ, जसले ड्राइभरहरूलाई आफ्नो कोण परिवर्तन नगरी स्क्रिनमा महत्वपूर्ण जानकारीहरू सजिलैसँग पहुँच गर्न अनुमति दिन्छ। यस बाहेक कारप्लेमार्फत, कार मालिकहरूले विभिन्न रंगहरू, डायल ट्रिटमेन्ट, थिम, लेआउट र पृष्ठभूमि छनौट गरेर आफ्नो उपकरण क्लस्टरको लुकलाई अनुकूलित गर्न सक्नेछन् ।
यद्यपि सो सफ्टवेयर अर्को वर्षको अन्त्य सम्ममा मा बजारमा उपलब्ध हुनेछ । एप्पलले यसका लागि हाल फोर्ड, मर्सिडिज–बेन्ज र होन्डा मोटर जस्ता कार निर्माता कम्पनीसँग सहकार्य गरिरहेको जनाएको छ ।





























प्रतिक्रिया