जिल्ला कारागार मोरङ एक कैदीको मृत्यु भएको छ । कारागारभित्र प्रकोपको रूपमा फैलिएको ज्वरोका कारण मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भएको हो ।
कारागारमा रहेका ३९ वर्षीय कैदी नीरबहादुर नेपाललाई अत्यधिक ज्वरो आएपछि कोसी अस्पताल लगिएको थियो। एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएयो भने उपचारका क्रममा उनको मृत्यु भएको छ।
अत्यधिक ज्वरो आएपछि थप १८ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरिएको छ। भर्ना गरिएका कैदीबन्दीको एन्टिजेन परीक्षण गराउँदा १६ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए।
भर्ना गरिएकामध्ये १६ जनाको एन्टिजेन पोजिटिभ र २ जनाको नेगेटिभ आएको खरेलले जानकारी दिए।
मृत्यु भएका कैदी नेपाल ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि नेपाले कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए।
उनलाई एक साताअघि देखिएको ज्वरोले अहिले प्रकोपको रूप लिएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए । ज्वरोको प्रकोप फैलिएपछि क्षमताभन्दा बढी कैन्दी–बन्दी राखिएको कारागारको अवस्था अस्तव्यस्त बनेको छ ।
महिला र पुरुष गरेर मोरङ कारागार तीन सय जना क्षमताको मात्रै छ । तर, अहिले कारागारभित्र एक हजार ८७ जना कैदी बन्दी रहेको निमित्त जेलर भगतले बताए ।





























प्रतिक्रिया