नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् ।
आफूहरूलाई अझै पनि पाखा लगाउने र घेराबन्दी गरिए चुप लागेर नबस्ने उनको भनाइ छ । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले भने, “अझै पनि भित्तामा पुर्याउने, घेराबन्दी गर्ने हो भने ख्याल गर्नुहोस्, हामी पनि निर्वाचित महामन्त्री हौँ, त्यतिकै बस्दैनौँ ।”
सभापतिलाई खुसी बनाउन गरिने कुराले पार्टी र सभापतिलाई नै पनि फाइदा नहुने उनले बताए । वर्तमान सरकारको कामले आउँदो निर्वाचनमा कांग्रेसले मत पाउने स्थिति नभएको उनको तर्क छ ।
उनले कांग्रेसले अर्थ मन्त्रालय नलिनु गलत भएको पनि बताए । अबको एक साताभित्र भातृसंगठन र विभाग सबैको टुंगो लगाउनुपर्नेमा उनले जोड दिए ।
उनले गुटको बैठकमा सहभागी भएको भनेर गरिएको आलोचनाको पनि बचाउ गरे ।





























प्रतिक्रिया