नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई खेद्ने काम नगर्न नेता शेखर कोइरालालाई आग्रह गरेका छन् ।
शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले नेता शेखर कोइरालालाई साथै लिएर जान चाहेको बताए । उनले विगतमा आफूलाई पनि पार्टीभित्र अप्रिय व्यवहार भएको भन्दै त्यसलाई दोहोर्याउन आफूले नचाहेको बताएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
शेखर कोइराला पक्षले नेविसंघ र तरुण दल लगायत भ्रातृ संगठनको नेतृत्व चयन गर्दा एकलौटी गरेको विधान अनुसार काम नगरेको भन्दै आलोचना गर्दै आएका छन् । जवाफमा देउवाले आफूले सल्लाह गरेरै नेविसंघ र तरुण दलको नेतृत्व चयन गरेको जिकिर गरे ।
देउवाले आगामी चुनावमा पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन हुने बताए ।































प्रतिक्रिया