हनी ट्रयापिङ धन्दामा श्रीमान्-श्रीमती, यसरी प्रहरीको फन्दामा परे

हनी ट्रयापिङ धन्दामा श्रीमान्-श्रीमती, यसरी प्रहरीको फन्दामा परे

केन्द्रबिन्दु
0
Shares

हनी ट्रयापिङ धन्दामा संलग्न रहेको आरोपमा श्रीमान्-श्रीमतीसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले ‘हनी ट्रयापिङ’ धन्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-६ घर भई बौद्ध बस्ने ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरि खड्का  र भक्तपुरको बालकोट बस्ने २८ वर्षीय सञ्जय कार्की रहेका छन्। पक्राउ परेका कल्पना र कृष्णहरि खड्का पति पत्नी हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले यही साउन १ गते उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कल्पनाले सामाजिक सञ्जालबाट पुरुषलाई खाजा खाने बहानामा रेष्टुरेण्टमा बोलाएर भेट्ने गर्थिन्। भेटेपछि झूटा मुद्दा लगाएर फसाउँछु भन्दै  तीनैजना मिलेर ब्ल्याकमेलिङ गर्ने गरेका थिए।

सञ्जय कार्कीले नक्कली इन्स्पेक्टर बनेर धम्क्याउने र रकम तिर्न बाध्य बनाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। उनीहरुविरुद्ध आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

Logo