गाउँघरतिर कुखुराको चल्ला हराउँदा खोज्छन, केन्द्रीय सदस्य अधिकारी हराउँदा कोही खोज्दैनन् : सांसद महत

गाउँघरतिर कुखुराको चल्ला हराउँदा खोज्छन, केन्द्रीय सदस्य अधिकारी हराउँदा कोही खोज्दैनन् : सांसद महत

केन्द्रबिन्दु
0
Shares

सांसद गजेन्द्र बहादुर महतले नेकपा एमालेको अर्थ तथा योजना केन्द्रीय विभागको सदस्य एम अधिकारीको खोजी गर्न सम्पूर्ण अधिकारीहरुलाई अनुरोध गरेका छन ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बौल्दै उनले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको खोजी नगरेका कारण अधिकारी थर भएकाहरुले नै उनको खोजी गर्नुपर्ने बताएका हुन । 
‘हाम्रो गाउँघरतिर कुखराको चल्ला हराए पनि खोजी हुन्छ, यहाँ सबैभन्दा ठूलो पार्टीको महत्वपूर्ण विभागको केन्द्रीय सदस्य हराउनु भएको छ । उहाँको खोजी अहिले न सरकार गर्छ, न प्रतिपक्षी गर्छ । मैले अनौठो मानिरहेको छु,’ उनले भने । 
सरकार एम अधिकारीको खोजी गर्ने जिम्मा विद्यार्थीलाई दिएको उनले जनाए । प्रतिपक्षी दल एमाले भने आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो सीसी क्यामरा खोज्दै हिडेको आरोप उनले लगाए । 

‘यहाँ कस्तो विडम्बना छ भने सीसी क्यामरा खोज्ने समिति बनेको छ, तर महत्वपूर्ण मान्छे खोज्न समिति बनेको छैन । अब यो कसले खोजीदिने ?,’ उनले प्रश्न गरे ।  
सरकार र प्रतिपक्षी दलले बेवास्ता गरेका कारण अब एम अधिकारीको खोजीमा अधिकारी थर भएको सबै लाग्नु पर्ने उनले बताए । 

Skip This
Skip This
Logo