माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले एम अधिकारी हराएकोमा कसैले चिन्ता नगरेको भन्दै ब्यङ्ग्य गरेका छन् । उनले सरकार र प्रतिपक्ष कसैले पनि हराएको एम अधिकारी खोज्न पहल नगरेको भन्दै अब अधिकारी थर भएका मानिसहरुलाई खोज्न लगाउन आग्रह गरे ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद महतले भने,‘हाम्रो गाउँघरतिर कुखुराको चल्ला हराए पनि खोजी हुन्छ, अहिले यहाँ सबैभन्दा ठूलो पार्टीको महत्वपूर्ण व्यक्ति केन्द्रीय सदस्य हराउनुभएको छ । उहाँको खोजी न सरकार गर्छ, न प्रतिपक्षले गर्छ, मैले त अनौठो मानिरहेको छु ।’
उनले भने, ‘हाम्रो गाउँघरतिर कस्तो हुन्छ भने महत थर भएको मान्छे हरायो भने महत थर भएकै मान्छेले खोज्छन् । भोटमा हराए पनि, मधेसमा हराए पनि, काला पहाडमा हराए पनि, बिरामी भएपनि, त्यसको अपुताली खाने हक पनि उनीहरुकै हुन्छ । हरायो भनेपनि खोज्ने जिम्मा महत थरकै हुन्छ । अहिले एम अधिकारी भन्ने मान्छे हराइएको हुनाले सरकारले, प्रतिपक्षले खोजी नगरेपनि अब त्यो थर भएका मानिसले खोज्नुपर्यो, नत्र अरु मान्छे कसलाई भन्न जाने ।’































प्रतिक्रिया