चित्रलेखा यादव कांग्रेस संसदीय दलको प्रमुख सचेतक

चित्रलेखा यादव कांग्रेस संसदीय दलको प्रमुख सचेतक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।  यादव पूर्वउपसभामुखसमेत हुन् ।  

यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका छन् ।  कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री  भएपछि त्यो पद रिक्त थियो ।  

यसैगरी यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि  गएको हप्ता त्यो पद पनि रिक्त भएको थियो । 

Logo