वित्तिय अराजकता मच्चाउने काम भयो : शंकर पोखरेल

वित्तिय अराजकता मच्चाउने काम भयो : शंकर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा जति साना दलहरु राजनीतिमा हावी हुन्छन् उति मुलुकले सही बाटो नसमाउने दावी गरेका छन् ।  

बुधबार अनलाइनका सम्पादकहरूसँगको अन्तरक्रियामा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।  

‘जति साना दलहरु राजनीतिमा हावी हुन्छन् मुलुकले सही बाटो समाउँदैन । आज के देखिन्छ भने तेस्रो चौथो पार्टी प्रधानमन्त्री खोज्दै भौतारिँदै हिँडिराखेको देख्दा नेपालको लोकतन्त्रले सहि सामात्या छ र’, पोखरेलले प्रश्न गर्दै भने, ‘जनमतले १२ प्रतिशतको सामर्थ्य राख्दैन,’ प्रधानमन्त्री खोज्न देश विदेश दौडाहामा कुद् या छ ,योभन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ रु लोकतन्त्र भनेको जनमत भएकाहरुले शासन गर्ने हो, त्यसैले राजनीतिक धुर्वीकरणको कुरा गरेको हो’, पोखरेलको भनाइ छ ।  

महासचिव पोखरेलले गभर्नरमाथि आक्रमण हुनुमा वित्तिय अराजकता मच्चाउने र कालोधनलाई सेतो बनाउन नपाएकाहरुले गरेको दावी गरे । उनले संसद विघटनको बचाउ गर्दै जनतासँग जान खोज्नुलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा बुझ्न आग्रह गरे । 

Logo