गाउँपालिका राष्ट्रिय महासंघले चालु आर्थिक वर्ष २०७९/८० सुरु भएदेखिनै कतिपय स्थानीय तहले करारका कर्मचारीलाई हटाइरहेको भन्दै ध्यानाकर्षण भएको बताएको छ ।
महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले एक विज्ञप्ति जारी गर्दै करारमा कार्यरत कर्मचारीहरुलाई एकमुष्ट नै म्याद थप नगर्ने भनि प्रकाशित सूचना तथा समाचारमा ध्यानाकर्षण भएको जनाएका हुन् । करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्न उनीहरुले आग्रह गरेका छन् ।
स्वीकृत दरबन्दी भित्र कानुनबमोजिम प्रकृयासम्मत नियुक्ति भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी सेवा लिनु स्थानीय सरकारको लागि समेत अवसर हो, विज्ञप्तिमा भनिएको छ ।
हाल कार्यरत अनुभवी जनशक्तिलाई उनीहरुको कार्यक्षमताको कुनै मूल्याङकन नगरी एकमुस्ट रुपमा हटाउने र पुनः सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारीको हकको दृष्टिकोणबाट समेत उपयुक्त नहुने र यस्तो अभ्यासले स्वयम् गाउँपालिकाको कार्यसम्पादनमा समेत प्रभावकारीता नआउने महासंघको भनाइ छ ।





























प्रतिक्रिया