बाख्रा चराउन गएकी महिला २ दिनपछि मृत फेला

बाख्रा चराउन गएकी महिला २ दिनपछि मृत फेला

केन्द्रबिन्दु
0
Shares

सिराहामा बाख्रा चराउन जाँदा शिहीबारदेखि हराएकी महिला मृत फेला परेकी छन् । 

सिरहाको विष्णुपुर गाउँपालिका-२ की एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी हुन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Logo