बालकको डुबेर मृत्यु

बालकको डुबेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीमा १३ वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ। बुधबार दिउँसो राजगढ गाउँपालिका – ४ बेलही चपेना बस्ने विरेन्द्र मण्डलका छोरा राजा मण्डलको मृत्यु भएको हो।

घरनजिकै रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका अनुसार घटनास्थलमा लासजाँच मुचुल्कालगायत कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ।

Logo