रौतहटको चन्द्रपुरमा बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा आज बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३(००१ख२०१ नम्बरको बसले प्रदेश २-०२-००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
प्रहरीका अनुसार अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल लग्दै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही(२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात बसका चालक चन्दन कुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएकाे छ ।































प्रतिक्रिया