उपत्यकामा एकैदिन ३३ सय १७ जना सवारी चालकमाथि कारबाही

उपत्यकामा एकैदिन ३३ सय १७ जना सवारी चालकमाथि कारबाही

केन्द्रबिन्दु
0
Shares

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ३१७ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७८, लेन अनुशासन पालना नगर्ने ७९, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित स्थानमा हर्न बजाउने १३२ र नदेखिने गरी नम्बर प्लेट राख्ने २८ जना सवारी चालक रहेका छन्।

यस्तै, २ हजार ८१८ जना सवारी चालकलाई अन्य कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo