सहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरू आन्दोलित बनेका छन् । बिहीबार सिंहदबारस्थित मन्त्रालयअगाडि इन्जिनियरिङ समूहअन्तर्गतका सिभिल समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका कर्मचारीहरूले सांकेतिक रूपमा आन्दोलन गरेका हुन् ।
कर्मचारीहरूले सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा सहरी विकास मन्त्रालयमा ल्याउने र सहरी विभागको कार्यक्षेत्र ओगट्ने गरी निर्णय भएको भन्दै कर्मचारीहरू आन्दोलनमा आएका छन्।
आन्दोलनका संयोजक एवं सहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले उनीहरुले सरकारले गरेको निर्णय तत्काल सच्याउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको पनि बताएका छन् ।
सरकारले माग तत्काल सुनुवाइ नगरे देशभरका सहरी विभागको काम ठप्प पार्ने तथा प्राविधिकहरूले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।































प्रतिक्रिया