नेपाल भेटेरिनरी एशोसिएसनले पशु स्वास्थ्य विधेयकका त्रुटी सच्याउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ । गत साउन ३१ गते संसदले पारित गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरु संसोधन गरेर मात्र अघि बढाउन माग गरेको हो ।
बिहीबार रिपोर्टर्स क्लब पत्रकार सम्मेलन गरेर एसोसियशनले उठाएका जायज मागहरुको नजरअन्दान गरी उक्त विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरेको छ ।
एशोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी संसदमा उक्त विधेयक पेश गरेको आरोप लगाएको छ । त्यसको विरोधमा आगामी भदौ १ गतेदेखि ५ गतेसम्म कार्यक्रमहरु सार्वजनिक गर्दै सम्पुर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिता जनाउन एसोसिएशनले आग्रह गरेको छ ।
विरोधस्वरुप भदौ १ गते कार्यस्थलमा कालोपट्टि बाँधेर विरोध कार्यक्रम गरेको, २ गते पेन डाउन, कामकाज बन्द गरेको एसोसिएशनले जनाएको छ ।
त्यस्तै ३, ४ र ५ गते काठमाडौ केन्द्रीत मेला, अत्यावश्यकका वाहेक उपचार सेवा बन्द गर्ने, प्रदेश समितिले तोकेको मितिमा प्रदेश भेला, भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिइभिटी र शिक्षा विभाग अन्तगतका स्कुलहरुमा अनिश्चितकालिन रुपमा अध्ययन अध्यापन बन्द गर्ने र अनिश्चितकालिन रुपमा पशुपन्छी स्वास्थ्य प्रमाणपत्र जारी नगर्ने जस्ता कार्यक्रम एसोसिएशनले सार्वजनिक गरेको छ ।





























प्रतिक्रिया