राष्ट्रपतिले उठाएका विषय महत्वपूर्ण छन्ः गगन थापा

राष्ट्रपतिले उठाएका विषय महत्वपूर्ण छन्ः गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाउनुभएको लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका छन् । 

बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताए । अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने बताउँदै उनले विधेयक पास नगर्दा नेपाली नागरिक नै अधिकारबाट वञ्चित रहने दाबी गरे ।

सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत गराएको बताए । वैवाहिक अंगीकृतका सम्बन्धमा राष्ट्रपति भण्डारीले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्ने कुरा नराम्रो नभएको बताउँदै वैवाहिक अंगीकृतका सम्बन्धमा जाँदा पनि लैंगिक समानता हुने गरेर वर्ष राखेर विधेयक पास हुनुपर्ने धारणा राखे । 

सांसद थापाले संविधानले नछोएको विषयमा पनि संसदमा चर्चा भइरहेको बताउँदै संविधान संशोधन गरेर भए पनि अहिलेको व्यवस्थालाई नछोएको कुरामा छलफल गर्नुपर्ने आवश्यकता औल्याए । 

Skip This
Skip This
Logo