नागरिकता विधेयक हुबहु पारित

नागरिकता विधेयक हुबहु पारित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाले नागरिकता विधेयक हुबहु पारित गरेको छ । 

बिहीबारको प्रतिनिधिसभाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त सन्देशलाई समावेश नगर्दै नागरिकता विधेयक पारित गरेको हो ।

बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको थियो ।

प्रस्तावको विपक्षमा भने ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।

सरकारले अब उक्त विधेयक प्रमाणीकरणका लागि फेरि राष्ट्रपति कहाँ पठाउनेछ । दोस्रो पटक आएको एउटै विधेयक पुनर्विचारका लागि संसद सचिवालयमा पुन: फिर्ता गर्ने प्रावधान संविधानमा उल्लेख छैन । 

यसअघि वधेयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले विधेयक अव रोकेर राख्न सक्ने अवस्था नरहेको बताएका थिए । प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक अनुसार नै अहिलेको विधेयक ल्याइएको दाबी गर्दै उनले त्यसको विरोध गर्न नमिल्ने तर्क गरे । गृहमन्त्री खाणले सरकारले सो विधेयक संविधान अनुकूल हुने गरी ल्याएको दावी पनि गरे । 

प्रतिनिधिसभाको अर्को बैठक  भदौ ५ गते आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Logo