विश्वकप क्रिकेट आजबाट, इङल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

विश्वकप क्रिकेट आजबाट, इङल्याण्ड र दक्षिण अफ्रिका भिड्दै


विश्वकप क्रिकेटको १२औं संस्करण आजबाट इङल्याण्ड र वेल्समा शुरु हुदैछ ।

ओभलमा हुने विश्वकपको उद्घाटन खेलमा आयोजक इङल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसपटकको विश्वकपमा आयोजक इङल्याण्डलाइ प्रमुख दावेदार राष्ट्रका रुपमा हेरिएको छ । उद्घाटन खेलमा भिड्ने दुइ टोलीले भने अहिलेसम्म एकदिवशिय विश्वकपको उपाधी जित्न सकेका छैनन् ।

विश्वकप क्रिकेटमा यसपटक १० राष्ट्रको सहभागिता रहेको छ । राउण्ड रोविनका आधारमा खेलाइने प्रतियोगिताको लिग चरणमा सबै राष्ट्रले एक–अर्कासंग प्रतिशपर्धा गर्नुपर्नेछ । लिगको शिर्ष चार टोली सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ ।

आज इङल्याण्ड इयोन मोर्गनको कप्तानीमा मैदानमा उत्रदै छ भने दक्षिण अफ्रिकाको कप्तानी फाफ डू प्लेसिले गर्दैछन् । दक्षिण अफ्रिकी टोलीमा उसका प्रमुख ब्याट्सम्यान एबी डी भिल्लर्स हुने छैनन् । उनी विश्वकपको टोलीमै समावेश छैनन् । यस्तै, तीब्र गतिका प्रमुख बलर डेल स्टेनको पनि खेल्ने–नखेल्ने टुङगो छैन ।

यता, इङल्याण्ड एकदिवशिय बरियताको पहिलो स्थानमा रहेको टोली हो । घरेलु दर्शकको साथले पनि इङल्याण्डमा यसपटक थप उत्साह छ । पछिल्लो दुइ वर्षयता इङल्याण्डले एकदिवशिय खेलमा दुइ पटक चार सय भन्दा बढीको स्कोर खडा गरिसकेको छ ।

यसअघिका दुइ विश्वकपको उपाधी आयोजक टोलीले नै जितेकाले पनि इङल्याण्डको यसपटकको सम्भावना बलियो देखिन्छ । सन् २०११ मा आयोजक भारतले र सन् २०१५ मा आयोजक अष्ट्रेलियाले विश्वकपको उपाधी जितेका थिए ।

आजको उद्घाटन खेल नेपाली समय अनुसार दिउंसोको सवा तीन बजेबाट शुरु हुनेछ ।

Logo