गायक तथा फिल्म निर्माता रामकृष्ण ढकाल विवादमा मुछिए

गायक तथा फिल्म निर्माता रामकृष्ण ढकाल विवादमा मुछिए

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। जेनजी आन्दोलनको समयमा सहकारी ठगीको आरोपमा नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आफ्नै गाडीमा हालेर हुइँक्याएको बताएपछि गायक तथा फिल्म निर्माता रामकृष्ण ढकाल विवादमा मुछिएका छन् ।

आफ्नो निर्माण रहेको फिल्म ‘मालती मङ्गले’को प्रमोसनका क्रममा उनले रवि भागेको गाडी आफ्नो र ड्राइभर समेत आफू रहेको खुलासा गरेका छन् ।अन्तरवार्ताका क्रममा आफू भैँसीपाटीमा बस्ने भएकोले जेनजी आन्दोलनको क्रममा घुम्दै जाँदा जेल नजिक पुगेको र जेल बाहिर रेस्टुरेन्टमा रविले हात हल्लाएको अवस्थामा भेटेपछि उनलाई पुर्‍याउनका लागि आफूले जोखिम मोलेको उनी बताउँछन् ।

उक्त समय गायक रामकृष्ण ढकालको गाडीले रवि लामिछानेलाई चढाएर लगेको व्यापक हल्ला चलेको थियो । तर ड्राइभरको कुरा बाहिर आएको थिएन । त्यतिबेला सार्वजनिक भिडियोहरूमा ड्राइभरको अनुहार देखाइएको थिएन । तर अहिले ढकाल आफैले उक्त कुरा बाहिर ल्याएका छन् । उक्त खुलासापछि अहिले सामाजिक सञ्जालमा उनलाई गालीको वर्षा भैरहेको छ । यही २५ गते हलमा लाग्ने उनको फिल्म ‘मालती मङ्गले’ बहिस्कारसम्मको आलोचना सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

Logo