वर्षा र राजको अभिनयमा ‘म यस्तो गीत गाउँछु’ बजारमा (भिडियो)

वर्षा र राजको अभिनयमा ‘म यस्तो गीत गाउँछु’ बजारमा (भिडियो)


गायक सुगम पोखरेल र गायिक सुष्मा विश्वकर्माको आवाजमा नयाँ गीत ‘म यस्तो गीत गाउँछु’ सार्वजनिक गरिएको छ। 

गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेको जोडी वर्षा सिवाकाटी र राज कटुवालको अभिनय रहेको छ। चितवनको सौरहा आसपासमा छायांकन गरिएको गीतको भिडियोमा वर्षा र राजलाई एक प्रेमिल जोडीका रुपमा पनि प्रस्तुत गरिएको छ।

सार्वजनिक गीत र तयार भिडियोका बारेमा प्रतिक्रिया दिँदै कलाकारद्वय राज र वर्षाले मिहेनत अनुसार उत्कृष्ट बनेको र दर्शक स्रोताको साथ/सहयोग हुनेमा विश्वास व्यक्त गरेका छन्। 

केन्द्रविन्दुसँग कुरा गर्दै उनीहरूले यो जोडीको कामका बारेमा खुलेर प्रतिक्रिया दिन र आगामी सहयात्राका लागि सहयोग गरिदिन पनि आम दर्शकमाझ अपिल गरेका छन्। 

सत्यराज चौलागाईंका प्रेमिल शब्दमा रहेको ‘म यस्तो गीत गाउँछु’ बोलको गीतमा सरोज पोखरेलको संगीत सुन्न सकिन्छ। सौरभ लामाको छायांकनमा तयार गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। 

भिडियो

 

Logo