गौर ,५,माघ

चिसोका कारण पीडित भएकाहरूको सेवाका लागि डा. गोविन्द केसी बिहीबार रौतहट पुगेका छन् । "/>

विपन्न बस्तीमा न्यानो वाँढ्दै डा. गोविन्द केसी

विपन्न बस्तीमा न्यानो वाँढ्दै डा. गोविन्द केसी


गौर ,५,माघ

चिसोका कारण पीडित भएकाहरूको सेवाका लागि डा. गोविन्द केसी बिहीबार रौतहट पुगेका छन् । शीतलहरबाट पीडितलाई न्यानो कपडा सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गर्न उनी रौतहट पुगेका हुन् । उनले बिहीबार नै गढीमाई नगरपालिकाका हरैया र लक्ष्मीपुर, समनपुर, सुन्दरपुर टोलका विपन्न बस्तीमा पुगेर कम्बल वितरण गरे । लक्ष्मीपुरको मुसहर बस्तीका विपन्नलाई पनि उनले कम्बल उपलब्ध गराए। उनले बिहीबार १५० थान कम्बल वितरण गरे ।

उनले मुसहर बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्य अवस्था जोखिममा रहेको सुनाए । तराई मधेसमा चिसोका कारण ज्यान गुमाइरहेको अवस्थामा मानवीय सेवाका लागि आफू न्यानो कपडा वितरण र स्वास्थ्य शिविर सञ्चालन गर्न रौतहट आएको उनले बताए। ‘मलाई मधेसमा पहिले नै आउने मन थियो तर विभिन्न कारणले आउन सकिनँ’, उनले भने, ‘संकटका बेला एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु कर्तव्य हो।’

उनले समनपुरमा रहेको स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविर समेत सञ्चालन गरे। डा. टोसिवा कार्की, अभिषेकराज सिंह लगायत सम्मिलित उनको टोलीले बिहीबार शिविरमा ५० जनाको स्वास्थ्य परीक्षण गरेको छ । शिविर शुक्रबार पनि सञ्चालन हुने सिंहले जानकारी दिए। अत्याधिक चिसोका कारण रौतहटमा २३ जनाले ज्यान गुमाइ सकेका छन् भने सयौं बिरामी परेका छन्।
अन्नपूर्णबाट

Logo