काठमाडौं । काठमाडौंलगायतका विभिन्न जिल्लामा सामान्य पानी परिरहेको छ ।
तिहारको रमझम अझै नसकिएको र आज सार्वजनिक बिदा भएका कारण बजारमा खासै चहलपहल छैन । मान्छेहरूको आवागमन नहुँदा अधिकांश पसलका सटरहरू बन्द छन् । यस्तो अवस्थामा झरी वर्षिँदा काठमाडौंमा निकै चिसोको अनुभूति पनि भइरहेको छ ।

झरीका कारण काठमाडौंको दृश्य निकै रमाइलो र मनमोहक देखिएता पनि पदयात्रा गर्नेहरूका लागि भने यात्रा कष्टकर बनेकाे छ । यद्यपि तिहारको मानेर फर्किनेहरू धेरै जसो छाता ओढेर आफ्नो गन्तव्यतिर लम्कँदै गरेको माहोल देखिन्छ ।













































प्रतिक्रिया