काठमाडौं । आज महाशिवरात्रि, देशभरका शिवालयहरूमा भगवान् शिवको पूजा आराधना एवं दर्शन गरी मनाइँदै छ । विशेष गरी पशुपतिनाथमा शिवको दर्शन गर्न आउने भक्तजनको घुइँचो बिहानैदेखि बढ्दो क्रममा छ ।
महाशिवरात्रि हिन्दु धर्मको एक महत्त्वपूर्ण पर्वका रूपमा हेरिएकाले यसलाई मनाउने तरिका पनि विशेष हुन्छ । भक्तजनहरू नेपालभरि र विदेशबाट पनि यहाँ आकर भगवान शिवको पूजा, रात्रि जागरण, र पंचाक्षर मन्त्रको जाप गर्छन् ।
महाशिवरात्रि भगवान् शिवको पूजा र उपासना गर्ने दिनको रूपमा हेरिन्छ । भगवान शिव र देवी पार्वतीको विवाहको दिनको रूपमा महाशिवरात्रि पर्व दुवैको प्रेम र एकता प्रतीकको रूपमा मनाइन्छ ।

महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेको हो ।
पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका दिन विशेष पूजाअर्चना र अनुष्ठानहरू गरिन्छ । मन्दिरको आँगनमा भक्तजनहरूको भिड निकै बाक्लो छ । यस अवसरमा, भक्तजनहरूका लागि मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

भक्तजनहरूको सुविधा र सुरक्षा सुनिश्चित गर्न मन्दिर प्रशासनले विशेष तयारी गरेको छ । मन्दिर क्षेत्रको वातावरण भक्तिमय र उल्लासित छ । जहाँ श्रद्धालुहरू भगवान शिवको आशीर्वाद प्राप्त गर्न उत्साहित छन् । भारत तथा यहाँका बाबाहरूको उपस्थितिले पनि महाशिवरात्रिको दिन पशुपति क्षेत्रमा थप रौनक थपको देखिन्छ ।























तस्विरः केन्द्रबिन्दु





























प्रतिक्रिया