मनसुन थप सक्रिय हुँदै, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय हुँदै, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही भु–भाग र केहि कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । अन्य भु–भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो मनसुनी गतिविधि बढ्ने र कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भु–भागका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरोको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको छ। ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Logo