सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्याएपछि उनी चिन्तित छन् । उनले भने, ‘आफ्नै जग्गामा प्रतिबिघा आठ लाखको लागतमा केरा लगाएको थिएँ । दुई बिघामध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वसम्ममा १० देखि १२ लाखसम्म आम्दानी…