पाँचथर। जिल्ला प्रशासन कार्यालय पाँचथरले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमाक्षेत्रमा आवतजावत पूर्ण रूपमा बन्द गरेको छ। प्रशासनले फागुन १८ गते मध्यरातिदेखि फागुन २१ गते मध्यरातिसम्म सीमाबाट हुने आवागमनमा रोक लगाएको जनाएको हो। प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न…