महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र

खलङ्गा(दार्चुला) । बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ। सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्। खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ। पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन्। दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौंलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन्।…

Logo