काठमाडौं । न्युजिल्यान्ड पुगेको भोलिपल्टै नेपथ्य ब्यान्डलाई स्थानीय आदिवासी माहुरे समुदायले परम्परागत ‘पाउहिरी’ (Powhiri) शैलीमा स्वागत गरेको छ । समुदायको ‘कापा हाका ग्रुप’ ले ब्यान्डका सदस्यहरूलाई आफ्नो सांस्कृतिक परिवेशमा आध्यात्मिक संवादसहित सङ्गीतात्मक निमन्त्रणा दिएको थियो । आइतबार साँझ अकल्यान्डको ड्यु ड्रप इभेन्ट्स सेन्टरमा आयोजित नेपथ्यको एकल कन्सर्टमा दुई हजारभन्दा बढी दर्शक उपस्थित थिए । झन्डै…