मेलवर्न । अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री मे महिनामा हालसम्मकै उच्च स्तरमा पुगेको छ ।अष्ट्रेलियाको मोटर उद्योग महासंघले सार्वजनिक गरेको मासिक बिक्री तथ्यांकअनुसार मे महिनामा नयाँ बिक्री भएका सवारीसाधनमध्ये ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको हिस्सा २० प्रतिशत पुगेको छ । यो अप्रिलमा कायम भएको १६.४ प्रतिशतको अघिल्लो कीर्तिमानभन्दा बढी हो । हाइब्रिड र बाह्य चार्ज गर्न मिल्ने…