वीरगञ्ज। पर्साको तिलाबे नदीमा बेलिब्रिज निर्माण कार्य सुरु गरिएको छ । पुल निर्माण रोकिएको झन्डै डेढ वर्षपछि वैकल्पिक रूपमा बेलिब्रिज निर्माणको काम अघि बढाइएको हो। वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा पर्ने तिलाबे नदीमा यसअघि निर्माणाधीन पुल बाढीका कारण क्षतिग्रस्त भएपछि काम रोकिएको थियो । पुल अभावमा स्थानीयवासीले लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका छन्…