काठमाडौं । आज हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार २०० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ रहेकोमा आइतबार ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।…