काठमाडौँ। काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ। यसका लागि महानगरपालिका र अस्पतालबीच सहकार्य सम्झौता गरिएको छ। सम्झौताअनुसार महानगरपालिकाबाट प्रदान गरिने अनुदान रकम उपकरण खरिद र फोहर व्यवस्थापनस्थलमा ट्रस निर्माणका लागि प्रयोग गरिनेछ। अस्पतालबाट उत्पन्न हुने हानिकारक फोहरसँगै महानगरपालिकाका स्वास्थ्य…