काठमाडौं । समाजवादी मोर्चाले चैत्र २४ गते देशमा देखिएका वर्तमान समस्याहरुको विरुद्धमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ । बुधबार आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका हुन् । उनले भने, ‘देशमा जुन देखिएका समस्याहरु छन् । यसको विरुद्धमा एउटा ठूलो जनप्रदर्शन गरौं जनप्रदर्शन सहितको…