काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देही धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धराैटीमा छाड्न आदेश दिएकाे हाे । न्यायाधीश योगीको इजलासमा आइतबार सुरुमा लामिछानेका वकिलले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारी वकिल…