राष्ट्रिय स्वतन्त्र पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासित भएपछि मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले नै रास्वपाको सदस्यता त्याग्नु पर्ने बताएका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै उनलाई निष्काशन गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै ढकालले समाजिक सञ्जालमार्फत रवि लामिछाने क्लवबाट मात्रै आफू निस्कासित…